मध्ये पश्चिमाञ्चलका १० क्याम्पस बने सरकारी, गोकर्ण विष्टको चुनावी घोषणा पुरा

Posted on: 27 Aug, 2018

प्रेम सुनार | भदौ ११, बुटवल | विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट ) बैठले  मध्ये पश्चिमाञ्चलका १० वटा सामुदायिक  क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।  मध्यपश्चिमान्चल विश्वविद्यालयले रेसुंगा बहुमुखी क्याम्पस सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको हो  ।

विश्वविद्यालयले सुर्खेतको गुर्भाकाटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाँडुली बहुमुखी क्याम्पस अर्घाखाँची, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायणप्रसाद रामापुर क्याम्पस रुपन्देही, शितल बहुमुखी क्याम्पस चौरजहारी,रुकुम तथा चतुर्वेद हिरापूर्ण क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डाक्टर  महेन्द्रकुमार मल्लले हिजोको बैठकले नीति तथा कार्यक्रम पनि पारित  समेत गरेको जानकारी दिए  । नीति तथा कार्यक्रममा विशेष गरी संकायको विस्तार गर्ने र यो वर्षदेखि कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उनले बताए । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट ल्याएको छ । 


यसबाट निकै आर्थिक संकटमा परेको र चर्को शुल्कले मुस्कीले बढेका रेसुङ्गा क्याम्पस सहित यस क्षेत्रका थुप्रै सामुदायिक क्याम्पसमा पढ्ने गरिबका छोरा छोरीहरुलाई ठुलो राहत भएको छ ।  यसबाट रेसुङ्गा क्याम्पसलाई आंगिक बनाउने गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा संघिय सरकारका श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्णराज विष्टको चुनावी घोषणा पुरा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!