गुल्मीमा ३२ जना एसईई परिक्षामा अनुपस्थित

Posted on: 24 Mar, 2019

लक्ष्मी अर्याल | चैत्र १०, गुल्मी | आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् । 

आजदेखि सुरु भएको एसर्ईई परिक्षामा गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेका अनुसार १४ जना छात्रा र १८ जना छात्रले परिक्षा नदिएको बताइएको छ । आज अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण तरिका बाट सम्पन्न भएको घिमिरेको भनाइ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!