शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on: 27 Mar, 2019

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ । 

विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्षा हुनेछ । सोहि दिन आफूलाई प्रतिबन्ध लगाएको र नेता तथा कार्यकर्तालाई पक्राउ गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाले सनिबारकै दिन नेपाल बन्दको घोषणा गरेको छ । सनिबारको दिन अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा रहेको छ ।

मानव अधिकार आयोगले उक्त दिन एसईई परेको ध्यानाकर्षण गर्दै नेपाल बन्द फिर्ता लिन विप्लव नेतृत्वको नेकपासँग आग्रह गरेको छ । विप्लब पक्षबाट यस बिषयमा कुनै प्रतिक्रिया आईसकेको छैन । 

चैत १० गतेबाट सुरु भएको सईई परीक्षा २१ गते सम्पन्न हुँदैछ। परीक्षामा चार लाख ७५ हजार सहभागी छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!