मेलिना राईको ‘कहाँ जाउँला...’ बोलको गीत जनजिब्रोमा

Posted on: 03 Nov, 2017

अव छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै  जनजिब्रोमा गुञ्जिन सफल भएको छ । 

खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् ।

 उक्त गीतमा अभिनय गरेका छन् त्यस चलचित्रका नायक विजय तिखातरी र नायिका शान्ति सापाकोटाले । भारतका विभिन्न चलचित्रमा अभिनय र निर्देशन कला सिकेर नेपाल फर्किएका धनगढीका युवा तिखातरी त्यस चलचित्रका निर्माता हुन भने निर्देशन गरेका छन् गिरिस रिजालले  ।

 काठमाण्डौ, नेपालगञ्ज, धनगढी र गुल्मीमा छायाङकन गरिएको चलचित्र नशा एक लत चेलिवेटी वेचविखन र लागुपदार्थ विरुद्ध जनचेतनामुलक कथा वस्तु समेटेर निर्माण गरिएको छ ।  प्रस्तुति: प्रेम सुनार, गुल्मी । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!