गुल्मीका एक व्यक्तिले ५८ पुरा गरे पिएचडी गर्ने धोको

Posted on: 19 Jan, 2017

प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् । 

आँपचौर–४ का ऋषिराम शर्मा अर्यालले ५८ वर्षको उमेरमा पिएचडी गर्ने धोको पुरा गरेका हुन् । महेन्द्र रत्न क्याम्पस ताँहचल काठमाण्डौंका सह–प्राध्यापक रहेका अर्यालले  नेपाली भाषा साहित्यमा पिएचडी गरेको बताए । उनका अनुसार  नियममा बिश्व विद्यालयमा सेवारत व्यक्ति ५० बर्ष उमेर भन्दा तलकोले मात्र  पिएचडी गर्नका लागि  विदा पाउँने गर्दछन र सुविधा पनि पाउँछन् ।  त्यो भन्दा बढि उमेरकोले विदा, सुविधा केहि पाउँदैनन् । यसर्थ उनले विदा नलिई आफ्नै खर्च र प्रयासले पिएचडी गरेको बताए ।

उनले त्यो उमेरमा पिएचडी गरे पनि उनि आफैले  सोही क्याम्पसमा पढाएका विद्यार्थीहरुले भने धेरै पहिल्लै पिएचडी गरेको उनि बताउ छन् । उनले पढाएका विद्यार्थी सिन्धुलीका डाक्टर दुर्गा दाहाल, संखुवासभाका गणेश अधिकारी लगायत थुप्रैले उनि पुर्व नै पिएचडी गरेको बताईएको छ ।

अर्यालले विद्यालय स्तरको अध्यापनका लागि डोल्पा , रुकुम  र हुम्ला जस्ता विकट जिल्लाहरुमा धेरै वर्ष रहेकोले पनि पिएचडी गर्न ढिला भएको  बताए । उनि २०४७ साल देखि  अध्यापन गराउँदै आएका छन् । उनले एसएलसी सम्मको अध्यान आँपचौरमैं गरेका थिए । त्यस्तै आँपचौरमै एसएलसी सम्मको अध्यान गरेका त्यस गाउँका  ४ जनाले पिएचडी गरी सकेका छन् भने एक जनाले गर्दै छन् ।

आँपचौर–६ घर भई एजुकेशन नेपाली बिषय समितिका अध्यक्ष रहेका पारशमणी भण्डारी, सरस्वती क्याम्पस काठमाण्डौंमा पढाउने खुमराज खरेल , आँपचौरकै नन्दराम अर्यालले पनि पिएचडी गरी सकेका छन् । सरस्वती  क्याम्पसमै पढाउने आँपौर–५ का धनपति भट्टराईले भने पिएचडी गर्दै छन् ।  

पिएचडी गरे पछि आँपचौरस्थित उनका साथी जिवन खरेल र  भिनाजु यज्ञलाल खराल संग खुशी साट्दै  विचमा उनै अर्याल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!