गुल्मीमा मतदाता संकलन सुरु, कहाँ कति मतदाता ?

Posted on: 02 Jan, 2017

प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवालाहरु संग आज अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला विकास समितिको सभाहलमा भएको अन्तरकृया कार्यक्रममा मतदाता नामवली अव छिट्टै संकलनमा जुट्ने, हक दावि सुचिकृत गर्ने, र १८ वर्ष माथीकोलाई नयाँ मदताता पत्र पनि वितरण गर्ने जिल्ला निर्वाचन अधिकृत गणेहबहादुर खत्रीले जानकारी दिए ।

कहाँ कति मतदाता ?

उनका अनुसार  १ नम्वर क्षेत्रमा १८ वर्ष माथीका  पुरुष मतदाता २१ हजार ५ सय १३ , महिला मतदाता संख्या २४ हजार ७ सय ३३ गरी ४६ हजार २ सय ४६ जना रहेको  छन् । क्षेत्र नम्वर २ मा पुरुष ३३ हजार १६, महिला ३८ हजार ६सय ३० सहित कुल ७१ हजार ६ सय ४६ रहेको  छन् । क्षेत्र नम्वर ३ मा पुरुष २९ हजार १ सय ८३, महिला ३० हजार २ सय ८३ सहित ५९ हजार ४ सय ६७ रहेको  छन् ।

त्यस्तै जिल्लाका तिन वटै क्षेत्रका कुल पुरुष मतदाता संख्या ८३ हजार ७ सय १२ र  महिला ९३ हजार ७ सय ४६ सहित कुल १ लाख ७७ हजार ३ सय ५९ मतदाता रहेको जानकारी दिनु भयो ।

त्यस्तै जिल्लामा १८ वर्ष मुनीका पुरुष मतदाता १२ सय ६३ रहेको र  महिला ४ सय १५ जना रहेको छन् ।  अन्तरकृया कार्यक्रम प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!