भोली गुल्मी बन्द, तम्घासमा विशाल विरोध सभा

Posted on: 10 Jan, 2017

प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम्घासमा विशाल विरोध सभाको आयोजना समेत गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

यातायात मात्र नभई उद्योग व्यवसाय समेत ठप्प पार्न र विशाल  विरोध सभामा सहभागी हुन उनले सवै पक्ष संग अपिल समेत गरेका छन् । कुनै पनि हालतमा ५ नम्वर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको प्रस्ताव सदनमा पेश गर्न नदिने गरी सुरु गरिएको पाँच नम्वर प्रदेश अन्तरगतका पाहडी जिल्लाहरुको आन्दोलनकै विच र प्रतिपक्ष नेकपा एमालेको विरोधका विचमै सरकारले संशोधन प्रस्ताव सदनमा पेश गरेको छ ।

अवको छिनोफानो सदनले नै गर्ने सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्षतहले अडान लिए पनि यता उनका कार्यकर्ताहरु भने त्यसको विरुद्धमै रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!