माओवादी केन्द्र वम्घा वलेटक्सारको अधिवेशन सम्पन्न

Posted on: 12 Feb, 2017


घनश्याम खरेल | फागुन –१, गुल्मी ।  नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

‘गाउँ गाउ घर घरमा जाऔं, माओवादी केन्द्रलाई जिताऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वम्घा वलेटक्सार वडा भेला तथा अधिवेशनको माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तथा क्षेत्र नम्वर २ का संयोजक बुद्धि जिसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले यस अघिको चुनावमा  विजुली चोरेको पैसाले भोट किनेर कतिपय नेताले जितेको आरोप लगाए ।


‘विजुली चोरहरु कसरी राष्ट्रवादी ?’

नेता जिसीले प्रति प्रश्न गर्दै भने–‘ जसले महाकालि बेच्यो, जसले राजनैतिक आवरणमा विजुली चोरहरुलाई विद्युत प्राधिकरणमा भर्ति गर्यो र विजुली चोर्न लगायो अनि त्यसको कमिशनबाट आएको रकमले चुनावमा भोट किनेर चुनाव जित्यो त्यो कसरी राष्ट्रवादी बन्यो ?’

आखिर यहि विद्युतले काठमाण्डौ , पोखरा चितवन जस्ता ठुला औद्यौगिक शहरहरुमा लोडसेडिङ्ग मुक्त शहर बनाउन सकिदो रहेछ जुन प्रचण्ड नेतृत्वको सरकारले गराएर देखायो  , यहि गुल्मीमा पनि लगतार चौविस पच्चीस  घण्टा सम्म लोड सेडिङ्ग हुन्थ्यो अहिले छैन विजुली चोरेर पैसा कमाउने र चुनावमा खर्च गरिदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि ’ उनको यस्तो आरोप थियो–‘विजुली चोरहरु त्यसको पोल खुले पछि नक्कली राष्टवादको कुरा गरेर माओवादी संग रिस फेर्न चाहेका छन् । ’


उनले  विपक्षीलाई यस्तो पनि आरोप लगाए   मोटर वाटो जनताको अधिकार हो ,  खाने पानी जनताको अधिकार हो तर तपाईहरु किन हाम्रो पार्टीले ल्याए दिएको विकास निर्माण हो भन्दै र सय  पचास  मिटर पाईप बाँड्दै जनतालाई वेवकुफ बनाउँदै हुनु हुन्छ त्यो त सरकारलै नै उपलव्ध गराएको कुरा हो ।’   

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली , नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य  तथा रुरु संस्कृत क्याम्पस, रिडीका उप प्राध्यापक खगेन्द्र गौतम , वाईसियल जिल्ला अध्यक्ष ताराबहादुर राना ( प्रवल ), अनेम संघ ( क्रान्तिकारीकी जिल्ला कोषाध्यक्ष सुचना ठटराई , प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार , श्रृङ्गीश्वर बहमुखी क्याम्पस रानीवास मुल ईकाई कमिटीका अध्यक्ष किशन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

वम्वघा वलेटक्सार संयुक्त भेला तथा अधिवेशन आयोजक कमिटी संयोजक हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वलेटक्सारका संयोजक शिव शर्माको स्वागत मन्तव्य र  कार्यक्रमको सञ्चालन  जिल्ला कमिटी सदस्य तथा वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद पौड्यालले गरेका थिए ।

यसै विच आजै नेकपा माओवादी केन्द्र ठुलोलुम्पेकमा केन्द्रिय कार्यालय सदस्य डिलाराम आर्चायको प्रमुख आथित्यतामा अधिवेशन चलिरहेको प्रचार विभाग प्रमुख युवाराज केसीले दिए ।

उनका अनुसार आजै अर्वेनीमा पोलिटव्युरो सदस्य सुदर्शन वरालको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।  त्यस्तै जुभुङ्गमा क्षेत्रिय संयोजक अशोक थापा मुक्तीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।

भनभनेमा पोलिटव्यरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको र नयाँ कार्य समिति भोली सार्वजानिक गरिने प्रचार विभाग प्रमुख केसीले जनाएका छन् ।

अन्य पार्टीबाट माओवादीमा प्रवेश


यसै विच वम्घा बलेटक्सार अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वलेटक्सारमा विभिन्न पार्टी परित्याग गरी जिवन शाही , जितबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ,  विष्णु ज्ञवाली ६० जना नेकपा माओवादीमा प्रवेश गरेको वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायणप्रसाद ज्ञवालीले जनाएका छन् ।

त्यस्तै रिमुवाबाट अनिले बस्नेत , कृष्ण पल्ली मुक्त पल्लीका युवाहरुको नेतृत्वमा वडा नम्वर १ का ५५ घरधुरी जनता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको  सो पार्टीले जनाएको छ । त्यस्तै वम्घामा त्रिलोचन कुँवरको अध्यक्षतामा २५  जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादीबाट चुनाव ताका नेकपा एमालेमा प्रवेश गरेको बताईएका  वम्घाका मधु कुँवर र लेखनाथ गौतम लगायतका दर्जनौ युवाहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य बुद्धि जिसीले अविर  पहिराउँदै पार्टीमा स्वागत गरेका थिए ।

अध्यक्षमा वम्घामा ज्ञवाली, वलेटक्सारमा पौड्याल

नेकपा माओवादी केन्द्र गुल्मी वम्घाको अध्यक्षमा हरिप्रसाद ज्ञवाली चयन भएका छन् भने वलेटक्सारमा नारायणप्रसाद पौड्याल अध्यक्षमा  सर्वसम्मत विजयी भएका छन् ।

हिजो देखि सुरु भएको वम्घा वलेटक्सारको संयुक्त भेला तथा अधिवेशनले ज्ञवाली र पौड्याललाई रुरु गाउँ पालिका अन्तर्गत वम्घा र वलेटक्सार वडा कमिटीको अध्यक्षमा चयन गरेको हो ।

‘गाउँ गाउँ घर घरमा जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ वलेटक्सार र वम्घाको रानीवास स्थित श्रृङ्गिस्वर वहुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले वम्घाको उपाध्यक्षमा भगवती ज्ञवालीलाई चयन गरेको छ । सचिवमा कृष्ण खत्री , सह–सचिवमा गिता वमरेल , कोषाध्यक्ष पद्मा रजाली सहित २१ सदस्यीय वम्घा वडा कमिटी गठन भएको छ ।  त्यस्तै सोही अधिवेशनले अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) वम्घाको अध्यक्षमा पदमा रजाली अध्यक्ष चयन भएकी छिन् । उपाध्यक्षमा माया गन्धर्व, सचिवमा निर्मला ज्ञवाली , कोषाध्यक्ष विष्णु सुर्यवंंशी चयन भएका छन् । सदस्यहरुमा यशोदा बिक देवि राना शान्ता राना सहित २५ सदस्यीय वम्घा वडा कमिटी गठन भएको छ । वलेटक्सारमा नारायण पौड्यालको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमल श्रेष्ठलाई चयन गरेको छ  । उपाध्यक्षद्धयमा शिव शर्मा ज्ञवाली र वलराम नेपाल िचयन भएका छन् । सचिवमा दामेन्द्र पाण्डे , सह–सचिवमा खिमलाल ज्ञवाली  र कोषाध्यक्षमा पार्वता क्षेत्री चयन भएका छन् । सोही अधिवेशनले वाईसियल र अनेम संघ क्रान्तिकारीको वलेटकसर वडा कमिटी समेत गठन गरेको छ । वलेटक्सार वाईसियल वडा कमिटीमा शम्भु पौड्याल चयन भएका छन् ।

उनको नेतृत्वमा २५ सदस्यीय वाईसियल वडा कमिटी गठन भएको हो । उपाध्यक्षद्धयमा दधिराम ज्ञवाली र धर्मराज पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा वलप्रसाद श्रेष्ठ , सचिवमा वालेन श्रेष्ठ , सह सचिवमा अर्जुन पौड्याल लगायत चयन गरिएको छ ।

यसै विच  गुल्मी गौडाकोट गाउँ पालिका अन्तरगत जुभुङ्ग वडा कमिटीको अधिवेशन पनि माओवादी केन्द्रले सम्पन्न गरेको छ । अधिवेशनले टोपबहादुर गाहको अध्यक्षतामा २१ सदस्यीय जुभुङ्ग वडा कमिटी गठन गरेको जनाईएको छ । उपाध्यक्षमा वुद्धिमान गाह, सचिवमा छविलाल गौतम , सह–सचिवमा कुशुमकुमारी सर्तुङ्गी , कोषाध्यक्ष गिरीकुमारी सोमै चयन भएका छन् । अधिवेशनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सो पार्टीका २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा, ईलाका ईञ्चार्ज तथा जिराल्ला सदस्य रामप्रसाद पाण्डेले प्रशिक्षण

मन्तव्य राखेका थिए । झकबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्यबहादुर थापाको सञ्चालन रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!