रुद्रावती क्याम्पस वामीमा १० दिनदेखीको ताला खुल्यो

Posted on: 02 Mar, 2017

फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले गत फाल्गुण १० गते क्याम्पस प्रशासनमा ताला ठोकेको थियो । 

बिगत १०दिनदेखीको राजनीतिक लुछाचुँडी पछि आज ताला खुलेको हो । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको प्रयोजन सँग सम्बन्धित गरी क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुले ताला बन्दी गरेको थियो । नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध ब्यक्तिहरु मिली बनाइएको क्याम्पस सञ्चालक समितिमा रहेका पदाधिकारीहरु बिच बिगत केही दिन देखी भएको बार्ता चर्काचर्कीमै सिमित रहने गरेको कारण निष्कर्ष निस्कन सकेको थिएन ।

आज बिहान भएको सञ्चालक समिति, क्याम्पस प्रशासन, बिद्यार्थी संगठनका प्रतिनिधिहरु सहितको बैठकले छानबिन समिति गठन गरी सोही अनुसारको प्रतिबेदन सर्बसम्मत गर्ने बताएपछि ताला खुलेको हो । बैठककै बिचमा अनेरास्वबियुका एक बिद्यार्थीले छानविन समितिले आफुले भनेअनुसारको निर्णय नगरेमा आफुहरुले नमान्ने बताएपछि बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बिच चर्काचर्की सँगै झडपको स्थिती सिर्जना भएको थियो । नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्य र नेकपा एमालेका पुर्वपार्टी अध्यक्ष नारयाण सापकोटा बिच चर्काचर्की भएको थियो ।

पछि सबै मिली चार जनाको समुहमा एक छानविन समिति गठन गरिएको छ । जसमा नेपाली काँग्रेसका वामी पार्टी सभापति सुदर्शन शाक्य, नेकपा एमालेका हरिहर सापकोटा, नेकपा माओबादी केन्द्रका राजन सापकोटा र जनमोर्चाका सुन्दर प्रधान सहितको समितिले छान बिन सहितको प्रतिबेदन तयार पार्ने भनिएको छ ।

समिति गठन भएलगत्तै अनेरास्वबियुका केशब रानाले सबै उपस्थितको रोहबरमा ताला खोली समितिलाइ बुझाएका थिए । अनि मात्र समितिले आफु अनुसार ताला लगाएको थियो ।

यसरी क्याम्पसमा ताला खुलेको छ भने शुक्रबार बाट नियमित पढाइ पनि शुरु हुने छ । साथै ताला खुलेपनि स्वबियुको चुनाव भने हुन सकेन । बिद्यार्थीहरुमा सहमती हुन नसक्दा स्वबियु चुनाब हुन नसकेको हो । पटक पटक बार्ता बसी सहमती गर्न खोजिएपनि अनिर्णित बनेको हो । नेबिसंघ तथा अनेरास्वबियु दुबै पक्षले अध्यक्षमा दावी गरेका कारण स्वबियुको गठन पनि हुन नसकेको हो । - अनिश शर्मा गैरेको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!