गुल्मीमा पाँच स्थानमा जित्ने माओवादी केन्द्रको दावि

Posted on: 25 Jun, 2017

प्रेम सुनार | असार–११, गुल्मी ।  गुल्मीका पाँच  वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका छन् । चन्द्रकोट गाउँपालिकामा युवराज केसी प्रमुखमा माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् । रुरु गाउँपालिकामा  नेपाली कांग्रेस संगको तालमेलबाट २७ वर्षिय यदु ज्ञवाली जिल्लामा सवै भन्दा कान्छो  गाउँ प्रमुखका  उमेदरवार हुन् । मालिका गाउँपालिकामा देविराम अर्यालय , धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस संगको तालमेलबाट भुपाल पोख्रेल र मदाने गाउँपालिकामा बेगमबहादुर चन्द बोहरा प्रमुख पदको चुनावी मैदानमा रहेका छन् ।

आफुहरु पाँचै जना ४० वर्षक न नाघेका युवा नेता भएकोले जनलहर आफुहरुको पक्षमा भएको उनिहरुको दावि छ । जनयुद्ध कालमा शसक्त लडाकुका रुपमा चिनिने उनिहरु आ–आफ्नो स्थानमा जनयुद्धकालमा समेत जनताको घरघरमा हुने गरेका थिए । पाँचै जना नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य स्तरका यी नेताहरु  मध्ये दुई वटामा कांग्रेसले सहयोग गरेको छ भने तिन वटामा एक्ला एक्लै भिडेका छन् ।

चन्द्रकोटका उमेदवार युवारा केसी शिक्षण पेशा छाडेर जनताको मुक्तिका लागि भन्दै जनयुद्धमा लागेर जेलको यातना समेत भोगेका थिए । मालिका गाउँपालिका देविराम अर्याल जनयुद्धका घाईते समेत हुन् ।  भुपाल पोख्रेल जनयुद्धका लडाकु मात्रै नभएर त्यति वेलाका कलाकार समेत थिए ।

मदाने गाउँपालिकाका बेगमबहादुर चन्द बोहरा धेरै पटकका भिडन्तमा परेका व्यक्ति हुन । उनलाई एक पटक भिडन्तमा मृत्यु भयो भनिएका व्यक्ति हुन् ।  गुल्मीका २ नगरपालिका र १० गाउँपालिका मध्ये माओवादी केन्द्रले ५ गाउँपालिका जित्ने आंकलन गरेको सा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!