सय दिन भित्र मुसिकोट नगरपालिका पुरै उज्यालो हुने

Posted on: 20 Jul, 2017

प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषणा गरेका छन् । 

‘हामीलाई जानकारी दिनु होस् कि  मुसिकोट नगरपालिका भित्र गरिवीका कारणले  वा अन्य कारणले को कसको घरमा विद्युत पुग्न सकेको छैन्’– मेयर सापकोटाले भने–‘हामी सय दिन भित्र सके विद्युत नै , यदि सकिएन भने  सोलर पुराएर भए पनि पदभार ग्रहण गरेको  सय दिन भित्र मुसिकोट नगर उज्यालो  पारेरै छाड्छौं ।’ 

उनले मुसिकोट नगर कार्यापालिका  सर्व प्रथम आधरभुत समस्याले पिल्सीदै आएका वर्ग समुदायलाई कसरी माथी उठाउन सकिन्छ  भन्ने विषयमा चिन्तीत रहेको  बताए । 

त्यस्तै जातिय  विभेद , सामाजिक विकृति विसंगतिलाई निर्मुल पार्दै  सभ्य र समतामुलक समाजको विकास  गर्ने  , कुनै पनि जनतालाई अन्याय हुन नदिने र समग्र विकासका लागि सवै तह र तप्का संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धत्ता समेत जनाए ।

मेयर सापकोटा यति वेला मुसिकोट नगरपालिका भित्रको  श्रोत साधनको अध्यानमा  व्यस्त छन् । उनले जनता अहिले सम्म पनि झिना मसिाना समस्या मै पिल्सिएको आफ्नो अध्यानले देखाएको  बताए । 

मुसिकोट नगरपालिका भित्र धेरै जसो दलित जनजाती  र अन्य समुदाय समेत गरिवीको रेखामुनी छन् । व्यवस्थीत  वस्ती  छैन्  , कतिपयको गरी खाने जमिन छैन् , कैयौं स्थानमा खानेपानीको समस्या विकाराल छ त्यस कार्यापालिकाको पहिलो प्राथमिकता र चुनौती  यि विषयमा देखिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!