माओवादी केन्द्र गुल्मीले छान्यो उमेदवारहरु (सुचिसहित)

Posted on: 10 Oct, 2017

प्रेम सुनार/असोज २४, गुल्मी । संघिय र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र गुल्मीको उमेदरवार छनौट प्रकृया टुङ्गिएको छ । 

आईतवार साँझ सो पार्टीको ५ नम्वर प्रदेश कार्यालयले सवै तहका उमेदवारको छनौट टुङ्गाएर गुल्मी जिल्ला पार्टी कार्यालयलाई पठाएको जिल्ला संयोजक विरबहादुर कार्की (चाहल) ले जानकारी दिए । प्रदेशबाट प्राप्त पत्र अनुसार  प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य बुद्धिबहादुर जिसी उमेदवार छनौट भएका छन् । 

संघकै समानुपातिक उमेदवारमा वहालवाला सांसद सिर्जना तरामु र जिल्ला संयोजक विरबहादुर कार्की छनौट भएका छन् ।  

गुल्मी क्षेत्र नम्वर १ को ‘ क ’ नम्वर प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ पुर्व सांसद तथा सो पार्टीका पोलिटव्युरो सदस्य सुदर्शन वरालले उमेदवारी पाएका छन् ।  त्यस प्रदेशको समानुपातिक सदस्य उमेदवारहरुमा चित्रबहादुर केसी, सुमित्रा क्षेत्री, तेजेन्द्र सलामी मगर र दुर्गाप्रसाद ढकाल परेका छन् । 

१ नम्वर क्षेत्रको प्रदेश ‘ ख ’ को प्रत्यक्ष तर्फ क्रमश लोकनाथ पाण्डे र रामचन्द्र कँडेल प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः गीता थापा, शेरबहादुर सर्तुङ्गे, मनिराम ज्ञवाली  र सुनिता ठडराई  परेका छन् ।

यता क्षेत्र नम्वर २ को  ‘क’ नम्वर प्रदेशको प्रत्यक्ष तर्फ खुमबहादुर थापा र भुवन केसीले प्रदेश सभासदको उमेदवारी पाएका छन् ।  त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः राधिका खरेल, भुवन सुनार, धर्म बिक र तिलक महत परेका छन् । 

क्षेत्र नम्वर २ कै ख नम्वर प्रदेश सभसाद उमेदवारको टिकट सो पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थी र केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले पाएका छन् । त्यस प्रदेशको समानुपातिक सदस्यको उमेदवार क्रमशः  निमबहादुर पाण्डे। उषा बुढा मगर, विनिता पोखरेल र सुर्य बुढा मगरले पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!