गुल्मीका तीन स्थानिय तह बने विपन्नका असली सरकार

Posted on: 13 Oct, 2017

प्रेम सुनार | असोज २७, गुल्मी | आर्थिक अभावका कारण वर्षऔं देखि खरको छानाको झुपडीमा रहेका विपन्न परिवारका जनतालाई टिनको छाना लगाई दिने निर्णय गरेर यहाँका तिन वटा स्थानिय निकाय  ति जनताहरुका असली स्थानिय सरकार बनेका छन् ।

२०६४ देखि २०७० को संविधान सभा निर्वाचन सम्म हरेक दलका नेताहरुले ति जनताका खरको छानामा टिनको छाना लगाई दिने आश्वासन दिदै आए पनि पुरा गर्न सकेका थिएनन् ।

तर धुर्कोट गाउँपालिका ईस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाले ति जनताको खरको छाना विस्थापित गरी टिनको छाना लगाई दिन रकम नै विनियोजन गरेर काम सुरु गरे पछि असली सरकारको अनुभुति जनताले गर्न थालेका हुन् ।

धुर्कोट गाउँपालिकाले दुई वर्ष भित्र खरको छाना रहित धुर्कोट बनाउनका लागि यसै वर्ष झण्डै डेड लाख रकम विनियोजन गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

उता ईस्मा गाउँपालिकाले पनि खरका छना भएका घरहरुको लगत संकलन गरी काम सुरु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताए । उता मुसिकोट नगरपालिका भित्रका खरका छानामा टिनको छाना लगाई दिन यस आर्थिक वर्षमा ५० लाख छुट्टाईएको मेयर सोमनाथ सापकोटाले  जानकारी  दिए ।

साविकको अर्लाङ्गकोट गाविसकोा उर्लेनीस्थित दलित वस्तीमा मात्रै ३० लाख छुट्टाएको उनले बताए । उनका अनुसार यस वर्ष  साविकको मुसिकोट कोटा मुनिका दलित लगायतका स्थानका दलित र कुमाल वस्तीमा प्रति घरधुरी एक लाख बरावरको जस्ता पाता र अन्य आवस्यक सामग्री दिईने छ ।

आगमी वर्ष देखि थप वस्तीमा काम सुरु गरिने छ । मेयर सापकोटाले आर्थिक अभावका कारण कुनै पनि घरमा बत्ती  बोल्न नसकेको भए र कोही भुमिहिन भए सिधै आफु कहाँ आउन त्यस्ता जनतालाई आउन आग्रह समेत गरेका छन् ।

अव केहि दिन भित्रमै उज्यालो मुसिकोट बनाउने अभियानमा जुटेका उनले  सोलरबाट भए पनि हरेक घरधुरीमा उज्यालो दिएरै छाड्ने प्रतिबद्धता जनाए ।   जस्ताको छानोमा उज्यालो घर पाउने भए पछि यी तिन वटै  स्थानिय तहका लाभान्वित हुने जनताले वर्षऔं पछि असली सरकारको अनुभुति गरेको बताए ।

अन्य स्थानिय तहमा पनि यस्तो कार्य गर्ने तर्ख‘रमा रहेको जनाईएको छ । स्थानिय तहको निर्वाचन पछि जनप्रतिनिधीहरुले सुशासन र विकास को भन्दा को कमको प्रतिष्पर्धामा अगाडी बढाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!