गुल्मीबाट सुदर्शन बराल मन्त्री हुने निश्चित

Posted on: 19 Mar, 2018

चैत्र ५, गुल्मी। प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार आज दिउँसो  कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । 


थपिने तिन मन्त्री मध्ये गुल्मीबाट सुदर्शन वराल सामाजिक विकास तथा सहरी विकास मन्त्री बन्ने निश्चित प्राय भएको  श्रोतले जानकारी दियो । माओवादी केन्द्रले उक्त मन्त्रालयमा वराललाई पठाउने निर्णय गरी सकेको उच्च श्रोतले जानकारी दिएको छ ।

त्यस्तै नेकपा एमालेबाट लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । गिरी  उद्योग तथा पर्यटन मन्त्रालय र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मन्त्रिपरिषद् कार्यालयले यसबारे केही बताएको छैन ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् ।

गुल्मी क्षेत्र नम्वर १ प्रदेश  ‘क’ बाट निर्वाचित  बराल  पुर्व विद्यायका र  प्रत्यक्ष निर्वाचित प्रतिनिधी सभाको पुर्व सांसद समेत हुन । सुरुमा उनले प्रदेश सभामुखको दावी गरिरहेका थिए । यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!