विप्लवको पार्टीका गुल्मी सेक्रेटरी खड्का पक्राउ

Posted on: 04 Mar, 2019

फागुन २०, गुल्मी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।  

शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले उनलाई आइतबार पक्राउ गरेको पुष्टि गरे ।

यसैबीच आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा पार्टीका जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंहले विना शर्त रिहाइ गर्न सरकारलाई कडा चेतावानी दिएका छन् । 

सिंह र खड्का लगायतलाई केहि दिनअघि अर्घाखाँची प्रहरीले पनि पक्राउ गरि केही दिन हिरासतमा राखेर छाडेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!