जनता उमाविको स्वर्ण महोत्सव सम्पन्न

Posted on: 06 Jan, 2017

प्रेम सुनार, पुस २२, अस्लेवा । जनता उच्च माध्यामिक विद्यालय अस्लेवा–७ गुल्मीको स्वर्ण महोत्सव आज शुक्रवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।  पौष –१८ गते देखि ५ दिन सम्म चलेको स्वर्ण महोत्सवको आज प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाकोे प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

   स्वर्ण महोत्सवको उद्घाटन गर्न शिक्षा मन्त्री आउने भनिए पनि उनको कार्य व्यस्तताका कारणले कार्यक्रमका   विशेष अतिथी जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले उद्घाटन गरेका थिए । पाँचै दिन सम्म भएका विविध कार्यक्रम यस प्रकार रहेका छन् ।   

 स्वर्ण महोत्सवको पहिलो दिनः  अधिकांस  धर्ममा आश्था राख्ने  अस्लेवासीको माझमा अवस्थित जनता उच्च माविको उद्घाटन सत्र पुर्व विहान करिव १० वजे देखि गरिएको कलश यात्रा सहितको प्रभातफेरी कार्यक्रम नियाल्दा कुनै धार्मिक महोत्सव जस्तै लाग्दथ्यो । कार्यक्रम स्थल वेहुली झैं सिंगारिएको थियो भने विद्यालय वरीपरीका होटल पसलहरुमा मदिरा निषेध गरिएको थियो ।

    प्रभातफेरी कार्यक्रम पश्चात विद्यालय भवनमा भएको उद्घाटन सत्रमा  सहायक प्राचार्य पोषकान्त न्यौपानेको स्वागत मन्तव्य र विद्यार्थीहरुले स्वागत गान गाएका थिए । लगत्तै विद्यार्थीहरुबाट राईम प्रस्तुती भएको थियो । त्यस्तै खक्ुरी ड्रिल र स्थानिय झाँकी प्रदर्शनी , संस्थापक , चन्दाता र भुमिदातालाई सम्मान गरिएको थियो ।

  कार्यक्रममा प्रमुख अथिती जिल्ला शिक्षा अधिकारी खनाल र विशिष्ट अतिथी पुर्व जिविस सदस्य टिकाराम पाण्डे लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए भने साँझ दिवावली गरिएको थियो । पहिलो दिन गायक कलाकार  बैकुण्ठ महत , हाँस्य कलाकार पुर्खेबा ( पुर्षोतम भण्डारी ) र स्थानिय कलाकारहरुले  भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

  दोश्रो दिन ः  विहान व्याडमिन्टन प्रतियोगिा भएको थियो ।  १० वजे पछि भएको औपचारिक कार्यक्रम प्रारम्भ भएको थियो ।  जहाँ  श्रोतकेन्द्र स्तरिय हाजिरी जवाफ प्रतियोगिता  निमावि तहका विद्यार्थीहरु विच भएको थियो ।  त्यस पछि चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

  लगत्तै कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु विच सदनात्मक हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व पर्यटन मन्त्री प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने  विशेष अतिथी नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति पारिश्वर ढकाल लगायतका अतिथीहरुले शुभकामना मन्तव्य  राखेका थिए ।

   उक्त दिन गायक लक्ष्मण खड्का स्थानिय कलाकार आयुष कुँवर , वावुराम कुँवर लगायतले मनोरञ्जन प्रदान गरेका थिए ।

     तेश्रो दिनः नेकपा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आतिथ्यता रहेको थियो । त्यस दिन विहान प्रावि तह श्रोतकेन्द्र स्तरिय कुर्ची दौड प्रतियोगिता भएको थियो । लगत्तै चन्दाताहरुलाई सम्मान गरिएको थियो ।

   शुभकामना मन्तव्य पछि नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरु विच स्वीट जम्प प्रतियोगिता गरिएको थियो । चौथो दिनः औपचारिक कार्यक्रम संगै श्रोत केन्द्र स्तरिय प्रावि तहको कुर्सी दौड प्रतियोगिता गरिएको थियो ।

   नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्याता रहेको कार्यक्रममा अतिथीहरु द्धारा शुभकामना मन्तव्य राखिएको थियो । कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीहरु विच लुठो तान्ने प्रतियोगिता पछि स्थानिय आमा समुहहरुले भजन किर्तन तथा विविध सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

  त्यस साँझ पनि पुनः कलाकारहरुद्धारा भव्य मनोरञ्जनमा झुम्दै दिपावली गरेर कार्यक्रम समापन गरिएको थियो ।

       पाँचौ समापन समारोहका दिनः कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना , विशेष अतिथी स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रिय सभापति पारिश्वर ढकाल , जिल्ला विकास समितिका पुर्व जिल्ला सदस्य टिकाराम पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै चन्दादाता र त्यस विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पुराउने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

  दिनैभर कलाकार पशुपति पराजुली , गायिका सपना गाह लगायतले दिई रहेका थिए भने अहिले साँझ अवेर सम्म पनि ति कलाकाहरु विच दोहरीको घम्साघम्सी चलिरहेको छ । पाँचै दिनको कार्यक्रम अवधीभर  पुर्व जिविस सदस्य टिकाराम पाण्डेको आतथ्यता रहेको थियो भने दुई दिन सम्म कांग्रेस क्षेत्रिय सभापति पारिश्वर ढकालको विशेष आतिथ्यता रहेको थियो ।

    पाँचै दिन सम्म शिक्षक तथा प्रचार प्रसार समितिका संयोजक विष्णुप्रसाद पाण्डे र अर्का शिक्षक शेरबहादुर कुँवरको उद्घोषण सुनमा सुगन्ध रह्यो । त्यसो त अन्य शिक्षक प्रकाश भण्डारी , डिल्लीराम गैरेको उद्घोषले पनि दर्शक श्रोता माझ छाप छोड्न सक्यो ।

   पहिलो दिन सहायक प्राचार्य पोषणकान्त न्यौपाने, क्रमश अन्य दिनहरुमा शिक्षकहरु युगराज पाण्डे, चिरञ्जीवी ज्ञवाली दण्डपाणी पाण्डे, कुशुम थापाको स्वागत मन्तव्यले विद्यालयको गतिलो परिचय दिन सक्यो ।

  पाँचै दिन सम्मका त्यहाँका शिक्षक वुद्धिजिवी, अभिभावकहरु , सर्वसाधरण दाजुभाई दिदीवहिनीहरु, राजनैतिक दलहरु एकजुट भएर अहोरात्र खटेर एउटा विद्यालयको मात्र स्वर्ण महोत्सव नभई सिङ्गो अस्लेवाको माहमहोत्सव बनाउन सफल भएका छन् ।

   स्थानियवासी समेत रहेका कांग्रेस क्षेत्रिय समिति सचिव सन्तोष गौतम , अस्लेवाका सभापति झविलाल पाण्डे , सोही पार्टीका पुर्व क्षेत्रिय सचिव गोपालप्रसाद पाण्डे ,  नेकपा एमालेका अध्यक्ष रविलाल पाण्डे लगायतको भुमिका पनि प्रशंसनिय रहेको विद्यालयले जनाएको छ ।

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष वलराम अधिकारीको टिमले जिल्लाका अन्य स्वर्ण महोत्सवमा भन्दा उत्कृष्ट महोत्सव बनाएको भन्दै समापन समारोका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बधाई दिए ।

   उनले यस्तो विद्यालयलाई आफुहरु सहयोग गर्न सधैव तत्पर रहने उद्घोष गर्दै भने–‘ सहयोग त हामी गर्दछौं तर प्रशासनिक सहयोग भनेको यहि हो– हामी वल्छी दिन सक्छौं माछा मारेर दिन सक्दैनौ , माछा तपाईहरु आफैले मार्ने हो । ’

   प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी सहित यस समाचारदातालाई अफिसियल मिडियाका रुपमा आयोजकले सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

        एउटै व्यक्तिले गरे ६ लाख भन्दा बढि सहयोग

  स्वर्ण महोत्सव मुल समारोह समिति अर्थ संकलन समितिका अध्यक्ष  तथा स्थानिय समाज सेवी चिन्तामणी पाण्डेले ६ लाख ५ हजार नगद सहयोग गरेका छन् ।

 त्यस्तै पुर्व जिविस सदस्य तथा स्थानिय समाज सेवी टिकाराम पाण्डेले ५ लाख ५ हजार ५ सय ५५ सहयोग गरे ।  स्थानिय समाज सेवी तथा वुटवलस्थित डार्सिङ्ग होटल सञ्चालक गोपालप्रसाद पाण्डेले ५ लाख  ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरे ।

      वर्षभरीको बृद्ध भत्ता दिए बृद्धले चन्दा

  यसै विच सरकारले दिएको सामाजिक सुरक्षा भत्ता अन्तरगत एक वर्षभर आफुुले पाउने बृद्ध भत्ता वापतको २४ हजार रुपैयाँ एक जना बृद्धले त्यस स्वर्ण महोत्सवलाई चन्दादान गरेका छन् ।

   अस्लेवा ७ का ९६ वािर्षय कलाधर कनौजेले आफ्नो वर्षभरको वृद्ध भत्ता चन्दा दिएका हुन । उनले आफ्नो बृद्ध भत्ता दिए लगत्तै कनौजेका  जेठा छोरा शोभाखर कनौजे, माईला ओमप्रकाश कनौजे , कान्छा गोपाल कनौजे , नाती अजुर्न कनौजे सहित त्यस परिवारले ५ लाख ५ हजार चन्दा प्रदान गरेको छ ।

   अन्य  सहयोगदाताको नाम विवराण स्वर्ण महोत्सव समापनको केहि  दिन पछि सार्वजानिक गर्ने प्राचार्य भिमलाल पाण्डेले बताए ।  प्रचार प्रसार समितिका संयोजक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले सम्म करिव ७० लाख संकलन भएको अनुमान गरिएको छ भने करिव १५ लाख भन्दा बढि खर्च अनुमान गरिएको छ ।

    खर्च कटाएर बाँकी रहेको रकमले प्राविधिक शिक्षा लगायतको स्तरबृद्धि गरिने उद्देश्य रहेको मुल समारोह समितिका अध्यक्ष वलराम अधिकारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!