७४ वर्षिय बृद्धले कमाउछन् मजदुरीबाट मासिक ३० हजार

Posted on: 10 Jan, 2017

प्रेम सुनार | पुस २६, गुल्मी । होचो र सानो गाँठीका हुन्  उनि र निरोगी छन् । उमेर ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर उनको काम हेर्ने हो भने विसावाईसे उमेरका ठिठालाई परा सार्छन् ।

राती १२ वजोस् कि विहानपख दुई तिन वजे रातको समय होस् उनि विभिन्न व्यक्तिहरुको खेतमा कुलाको पानी लगाई दिन जान्छन् । अनि झिसमिसे नहुँदै एक जना युवाको ठुलो कृषि फम रहेको छ त्यसमा तरकारी टिप्ने, रोप्ने देखि नियमित सवै काम गर्ने गर्दछन् ।  त्यसरी खटे अनुसारकै कमाई हुने गरेको छ गुल्मीको अस्लेवा –५ का ७४ वर्षिय बृद्ध थानेश्वर अधिकारीको ।

युवाले दिए बृद्धलाई रोजगार

त्यो बुढेसकालमा गाँउँमै वसेर मासिक ३० हजार भन्दा बढि कमाई गर्ने अवसर मिलाई दिने युवा हुन् अस्लेवाकै २७ वर्षिय  अर्जुन कनौजे ।   २०६२ साल सम्म हातमा लौरो र टाउकोमा वाईसियलको रातो फेटा लगाएर गाउँ गाउँमा हिड्ने  अर्जुन कनौजेले शान्ति प्रकृया लगत्तै  पराम्परागत धान र मकै खेत गर्न छाडेर व्यवसायीक तरकारी खेती सुरु गरे ।

त्यति वेला उनलाई माओवादीमा लागेर जंगल पसेको मान्छे पागल भएर आए छ भन्दै छिमेकी विपक्षी दलका मानिसहरुले गिल्ली पनि गरे कनौजेलाई । तर, अहिले उनले वार्षिक २० लाखको कारोवार गर्छन भने १० लाख रुपैयाँ चोखो आम्दानी लिने गर्दछन् । उनै युवाका विश्वासिला  कामदार हुन उनै अधिकारी ।

दिनको कामले नथाकेर रातमा पनि

अस्लेवा गाउँ खेतै खेतले भरिएको विशाल फाँट भएको गाउँ हो ।  जहाँ वर्षायामको खेती देखि हिउँदे वालीको सिंचाईका लागि खेत धनीहरु विच पालो पर्छ सिचाईको । त्यही पालो छोपि दिन्छन् अधिकारीले पारिक्षमिक लिएर ।

रातीमा उठ्नु भन्दा उनै अधिकारीलाई पैसा दिएर सिंचाई गराउन सजिलो मान्छन् त्यहाँका सम्पन्न परिवार पनि । तिनै सम्पन्न परिवार विचमा छन विपन्न परिवारका अधिकारी र उनले दिन देखि रात सम्म भ्याई नभ्याई काम पाउने गरेका हुन् ।

अधिकारीले भने 

– कहिले कसो त दिनको १८ सय सम्म पनि कमाने गर्छुे सधै त्यति नै त हुँदैन् सरदर दिनको वा्रह सय कमाउने गरेको छु ।

– तिन छोरा दुई छोरीहरु छन्, हामी बुढाबुढीलाई मात्रै भए त घरको खेतीपातीले जसोतसो खान पुग्थ्यो होला, तर सवै जनालाई पुग्दैन र  ठिटाहरुले भन्दा बढि काम गर्छु ।

– तपाई बुढाबुढीको त बृद्ध भत्ता हाई हाल्छ नि , किन काम गर्नु प¥यो भनेर भन्दा उनले प्रति प्रश्न गर्दै भने–‘ काम गरेर मरिन्छ र ?  झन विरामी परिन्छ , बृद्ध भत्ताले अल्छी हुन त भएननी ? ’

उनले थपे–

एक छोरा विदेशमा अर्का छोरा भारतमा र कान्छा छोरा घरै छन् ।  अरु जस्तै बृद्धहरुले झै छोरा छोरीहरुको आशमा नबाँच्ने आफुलाई चाहना नभएको बताउने अधिकारी भन्छन् मलाई त मध्ये रातको मतलव पनि छैनु कसैले रातमा पानी लगाई दिन जाउ भन्यो भने जुरुक्क उठेर जान्छु ।

कृषि फमका मालिक कनौजे भन्छन् 

यो गाउँमा दुख र पौरख गर्ने म लगायतका युवा हौं भन्ने गर्दथ्यौ तर काममा हामीलाई उहाँले जित्नु भएको छ । बृद्ध अधिकारीले कनौजेको तरकारी फमबाट मात्रै दिनको ७ देखि ८ सय सम्मको काम गर्ने गर्दछन् । उहाँ यस फमको म्यानेजर नै हो ।

तस्वीरमा: उनै युवा कृषक अर्जुन कनौजेको टमाटर र काउली खेतीमा उभिएका उनै बृद्ध अधिकारी |

यस बिषयमा तपाइको प्रतिक्रिया...!