आँपचौरमा वन उपभोक्ता समिति गठन

Posted on: 16 Feb, 2017

प्रेम सुनार/फागुन ५, गुल्मी । अजम्वरा सामुदायिक वन उपभोक्ता समिति आँपचौर ३ गुल्मीको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वामी रेञ्जरपोष्ट वन महासंघका सचिव  हिरालाल अर्यालको प्रमुख आतिथ्यतामा वसेको भेलाले खिमराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।  

समितिको उपाध्यक्ष  जंङ्गबहादुर बिक, कोषाध्यक्षमा छविलाल खरेल । सचिवमा  पवित्र अर्याल, सह– सचिवमा  पुर्णभक्त सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुनबहादुर अधिकारी, लक्ष्मी भण्डारी, सुशिला बिक, सिता अर्याल, यमुना अर्याल चयन भएका छन् ।

कार्यक्रममा  वामी रेन्जरपोष्ट वन उपभोक्ता समितिका सचिव हरिलाल अर्याल, नेपाली कांग्रेस आँपचौरका सभापति डिल्लीराज खरेल, पुर्व सभापति पुर्णभक्त सापकोटा, दिव्रुङ्गका पुर्व गाविस अध्यक्ष छविलाल खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम आँपचौर ३  वडा नागरिक मञ्चकी संयोजन मिना जिसीको संयोजकत्वमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!