गुल्मीका एक व्यक्तिले दिए पार्टीलाई निःशुल्क जग्गा

Posted on: 23 Feb, 2017

फागुन १२, गुल्मी । गुल्मीको वामी गाविसमा नेपाली काँग्रेस गाउँ कार्य समितिलाई एक व्यक्तिले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । 

वामी–३ निवासी गुल्मीका पूर्वजिविस सदस्य तथा वामी विश्व सम्पर्क मञ्च, अमेरिकाका अध्यक्षसमेत रहनुभएका हरिनारायण सापकोटा र उहाँकी श्रीमती साबित्रा सापकोटाले नेपाली काँग्रेस वामीको कार्यालय भवन निर्माणका लागि सोही गाविस–३ कनिकेमा रहेको १२ लाख मूल्य पर्ने ६ आनाको जग्गा मालपोत कार्यालय तुराङ मजुवाको कार्यालयबाट पार्टीलाई रजिस्टे«सन पास गरी हस्तान्तरण गर्नुभएको नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्यले जानकारी दिनुभयो । 

साथै, जग्गादाता सापकोटाले भवन निर्माणका लागि पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ । उता काँगे्रसजनहरु भने नेपाली काँग्रेस कार्यालय भवन वामीमा निर्माण हुने भएपछि पार्टीका हरेक सभा, समारोह र बैठक सञ्चालनमा सहजता थपिने भन्दै निकै उत्साहित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!