गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर महिलाको मृत्यु

Posted on: 04 Mar, 2017

फागुन २१, गुल्मी । सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको दिगाममा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा अर्घाखाँची चिदिका गाविस–३ निवासी २० वर्षीया सीता नेपाली रहेकी छन् । 

शनिबार बिहान दिगाम गाविसअन्तर्गत अँगाहामा औषधोपचार गर्न मोटरसाइकलको पछाडि बसेर जाने क्रममा सडक खन्दै गरेको बा १ क १२०० नम्बरको बुल्डोजरले खसालेको ढुङ्गाले लागेर नेपालीको ज्यान गएको हो । 

माथिबाट अचानक खसेको ढुङ्गाले लागेर घाइते बनेकी नेपालीको उपचारका क्रममा शनिबार अपराह्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रवासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनुभएको छ । 

ढुङ्गाले लागेर मोटरसाइकलसमेत पल्टिएको भएपनि मोटरसाइकल चालक भने सामान्य रहेको बताइएको छ । मृतक नेपालीका डेढ वर्षकी एक छोरी र दुई छोरा रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!