गुल्मीमा आमा-छोराले गरे एउटै डोरीमा पासो लगाएर आत्महत्या (भिडियोसहित)

Posted on: 09 May, 2017


बैशाख २६, गुल्मी । केहि दिन अघि गुल्मीमा निकै कहालिलाग्दो घटना घटेको प्रहरीले आज सार्वजानिक गरेको छ । 

प्रहरीका अनुसार गत वैशाख २२ गते साँझ पौने ६ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।

पल्लीकोटकी २० वर्षिया शितल परियार र उनका २ वर्षिय छोरा प्रवेश परिवारले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलले पहिला शितलले छोरालाई प्लाष्टिकको डोरीले पासो लगाई हत्या गरेको र पछि उनले पनि त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका श्रीमान् पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेका जनाइएको छ ।

घर बनाउँदा ५०–६० हजार ऋण रहेको, श्रीमान्सँग फोन कुराकानीमा भनाभन हुने गरेकोले सोही तनावमा शितलले यो कदम उठाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!