गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

Posted on: 11 May, 2017

वैशाख २८, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ  चार जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाका लागि छुटेको जिप बिहीबार दुर्घटनामा परेको हो । लु १ च ६६८४ नम्बरको जिप इस्मा गाउँपालिका–४ स्थित दोहोलीमा दुर्घटना हुँदा त्यही ठाउँका स्थानीय बासिन्दा कल्पना गन्र्धवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दुर्घटनामा परी इस्मा गाउँपालिका–४ कै बाबुराम गन्धर्व, हुमकला विक, रुबी सुनार र सरस्वती अर्याल घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!