बाबुद्धारा आफ्नै ६ वर्षिया छोरीको बलात्कार, ७३ वर्षियाद्धारा पनि वलात्कार..

Posted on: 08 Aug, 2017

प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षिय प्रेम सार्कीले आफ्नी ६ वर्षिया छोरी लाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस कार्यालय मुद्धाफाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले ६ वषिया छोरीको जवरजस्ती करणी उद्यागेको र अर्को छोराले आमाको हत्या अनि ७३ वर्षिय बृद्धद्धारा एक महिलाको वलात्कार घटना विरलै घट्ने घटनाहरु यस वर्ष गुल्मीमा घटेको बताए । गुल्मीको विशुखर्क बस्ने ७३ वर्षिय बृद्धले स्थानिय सुस्तमनस्थितीकी २२ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा अदालतले पर्पक्षका लागि थुनामा पठाई सकेको समेत यादवले जानकारी दिए ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३५ वर्षिय कृष्णप्रसाद आचार्यले १४ वर्षिया बालिका , सोही नगरपालिका वडा नम्वर ११ का रमेश तङ्गनामीले १३ वर्षिया वालिका, ईस्मागाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय शिवलाल थापाले १९ वर्यिया महिला, रुरुगाउँपालिका वडा नम्वर ७ का ४६ वर्षिय गणेश भन्ने लक्ष्मीप्रसाद ज्ञवालीले ४२ वर्षिया बोल्न र सुन्नै नसक्ने महिलालाई वलात्कार गरेको अभियोगमा मुद्धा चलिरहेको छ । त्यस्तै मुसिकोट ३ का ५१ वर्षिय यमबहादुर  सुर्यबंशीलाई पनि  ११ वर्षिया वालिका करणी उद्योगमा मुद्धा दर्ता हुने क्रममा रहेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!