धुर्कोटले सुरु गर्यो सरसफाई देखि सुकुम्वसीको समस्या समधान

Posted on: 13 Oct, 2017

प्रेम सुनार | असोज २७, गुल्मी | गुल्मीको  धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ ।  हिजो वसेको गाउँ कार्य समितिको बैठकले यस्तो निर्णय गरेकगाउो त्यस कार्य समितिकी प्रवत्ता कविता बिकले जानकारी दिनु भयो ।

गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा बन्ने ऐनमा कार्यकारी अधिकृत र स्वास्थ्य संस्थाका प्रतिनिधी सदस्य रहने गरी निर्णय भएको प्रवत्ता बिकले बताउनु भएको छ । 

त्यस्तै सोही बैठकले धुर्कोट गाउँपालिका भित्र खरका छान विस्थापन गर्ने यस अघिको निर्णयलाई कार्यन्वयन गर्न कार्यविधि समेत पारित गरेको छ । खरका छानाको लगत संकलन गरी अव छिट्टै टिनका छाना निमार्ण कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनु भयो ।  पोखरेलका अनुसार अव देखि कुनै पनि धुर्कोटवासी सुकुम्वारी हुन पर्ने छैन् ।

त्यसका लागि हरेक वडा भित्र सुकुम्वासीहरुको लगत संकलन गरी १५ दिन भित्र गाउँपालिकामा पठाउन  गाउँपालिका अध्यक्ष पोखरेलले सवै वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् । बैठकले पिपलधाराको खड्क क्षत्र मन्दिर निर्माणका लागि त्यहाँ रहेको जिर्ण स्वास्थ्य र समाग्री लिलाम विक्रि गर्न र अन्य स्थानका त्यस्ता संरचना र सामग्री भए खोजी गर िलिलाम विक्रि गर्न समेत निर्णय गरेको छ ।

बैठकले धुर्कोट गाउँपालिका भित्र  लघु उद्यम तथा व्यवसायिक सिप विकासका लागि उद्यम विकास समिति समेत गठन गर्ने भएको छ ।  त्यसका लागि कोष स्थापन समेत गरिने भएकोछ । धुर्कोट गाउँपालिकाले तत्कालै प्रत्येक वडाबाट दुई जनाका दरले १४ जना वेरोजगार युवा युवतीलाई प्रत्यक्ष रोजकारी दिनका लागि विभिन्न सिप विकास तालिममा पठाउन लागेको गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा  धुर्कोटमा एफएम रेडियो सञ्चालन कार्य विधि समेत बनाईने भएको छ । अव छिट्टै कार्यविधि बनाएर रेडियो सञ्चालन गरिने र त्यस पुर्र्व शेयर आव्हान गरिने संयोजक खत्रीले बताउनु भयो ।

उहाँका अनुसार हिजोको बैठकले प्रति शेयर २० हजार तोकेको छ । ५१ प््रतिशत रकम धुर्कोट गाउँपालिकाले रेडियो सञ्चालनका लागि ७ लाख छुट्टाएको छ ।  हरेक वडाध्यक्षले वडावासी संग शेयर आव्हान गर्ने छन् । शैक्षिक क्षेत्र र पत्रकारहरु विच शेयर आव्हान त्यहाँका शिक्षक दधि खनालको संयोजकत्वमा गरिने छ । देश विदेशमा रहेका धुर्कोटवासी संग प्रेस संयोजक प्रेम सुनारले शेयर आव्हानका लागि समन्व्य गर्ने बैठकले जिम्मेवारी दिएको छ

सरसफाई नगरे कार्वाही     

यसै विच गुल्मीको धुर्कोट गाउँ कार्यपाालिकाले आ–आफ्नो घर, पसल, कार्यालय, संघ संस्था सरसफाई नगर्नेलाई कार्वाही गर्ने भएको छ ।  हिजो  वसेको  गाउँ कार्यपालिकाको छैठौं बैठकले यस्तो निर्णय गरेको  त्यस पालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिनुभयो  ।

प्रवत्ता बिकका अनुसार सो गाउँपालिकाले  ७ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ । सो अनुसार विशेष गरी संघ संस्था र वजार व्यवसायीहरुले पालना नगरे कार्वाही गर्ने भएको छ ।  उक्त प्रतिबद्धता पत्रमा पहिलो पक्ष वडा कार्यलय र दोश्रो पक्ष सम्वन्धीत व्यवसायी वा संघ संस्थाले हस्ताक्षर गर्ने छन् ।

हरेकले शौचालयको प्रयोग गर्ने , सावुनले हात धुने , घर वरीपरी नियमित सरसफाई गर्ने , व्यक्तिगत सरसफाई गर्ने , पिउने पानीको सुरक्षित भण्डार एवं शुद्धिकरण गर्ने, संघ संस्था आदिले सरसफाई हामीले होईन मैले नै गर्छु भन्ने मानसिकता लिएर सरसफाई व्यवस्थापनमा जुट्ने उक्त प्रतिबद्धतामा उल्लेख छ ।

 अव छिटै गाउँपालिकाले टोल टोलमा फोहर मलाई राख्ने र धुर्कोटलाई स्वच्छ र हराभरा बनाउने गाउँपालिका अध्यक्ष  भुपाल पोखरेलले बताउनु भएको छ ।  स्थानिय तहको निर्वाचन पछि त्यहाँका सवै जनप्रतिनिधीहरु ध्धुर्कोटलाई नमुना बनाउन कम्मर कसेर लागेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!