गौडाकोटमा एमालेको झण्डा हालेको गाडी तरुण दलद्धारा नियन्त्रण

Posted on: 04 Dec, 2017

प्रेम सुनार । मंसिर–१८, गुल्मी । वामगठबन्धले कांग्रेस कार्यकर्ताले शिवालय मन्दिरमा मदिरा लुकाएर राखेको भन्दै  वरामद गरेको समाचार आएको केहि वेर पछि फेरी गौडाकोटमा नेपाली कांग्रेसको भातृ संगठनले नेकपा एमालेको झण्डा भएको गाडीमा समान ओसार पसार गरेको भन्दै नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । 

त्यहाँबाट तरुण दलका पुर्व अध्यक्ष राजु कार्कीले दिएको जानकारी अनुसार मत प्रभावित पार्न एमालेले खाद्यन्न समान ल्याएको आरोप रहेको छ । एमालले भने त्यसको आधिकारीक जिम्मेवारी लिएको छैन् । 

थप जानकारीका लागि हामी अपडेटमा छौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!