प्युठान र गुल्मी घर भएका दुई युवतीको उद्दार, तीन विचौलीया प्रक्राउ दुई फरार

Posted on: 11 Feb, 2018

माधव बेल्वासे | माघ २८, कपिलवस्तु | प्युठान र गुल्मी घर भएका दुई युवतीलाइ सिमानाका कृष्णनगरवाट उद्धार गरिएको छ । मानव बेचविखनमा संलग्न भएको आरोपमा ३ जना विचौलीयालाई विभिन्न स्थानवाट प्रक्राउ गरी कारवाही सुरु गरिएको छ ।

युवतीलाई मासिक ४० हजार तलव पाइने प्रलोभन देखाई कुबेत पठाउने बाहाना गरि भारत तर्फ लैजादै गर्दा शान्ति पुनस्थापना गृह नेपाल कृष्णनगर र सानोहात संस्थाको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्दार गरेको हो ।

ति युवतीलाई विदेश पठाउन विभिन्न भुमिका खेलेका ३ जनालाई प्रहरीले विभिन्न स्थानवाट नियन्त्रणमा लिएको छ भने २ जना आरोपित फरार रहेका छन ।  


मानवबेचविखनमा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नपा ३ घर भई हाल काठमान्डौ नया बसपार्कमा स्वर्गद्धारी लुम्बिनी गेष्टहाउस संचालक रोशन भनिने २७ वर्षीय डोर बहादुर विक ,फरार भएका छन भने सोहि होटलका अर्का संचालक शेर वहादुर र शेर बहादुर रसाइली की पत्नी ३५वर्षीया मुना रसायलीलाई शिवराज नपा ३ आफ्नैघरवाट माघ २५गते प्रहरीले गिरफ्तार गरेको हो । ज्वोती सुनारलाई नेपालगन्जवाट २६गते नै गिरफ्तार गरि कपिलवस्तु ल्याएको हो ।  उक्त युवतीलाई भारत सम्म पठाउन जिम्मा पाएकी रुपन्देही घर भएकी सपना र काठमान्डौको स्वर्गद्धारी लुम्बिनी होटलका संचालक  डोर वहादुर बि क  भने फरार रहेका छन । 

उद्दार गरिएका युवतीहरुलाई शान्ति पुनस्थापना गृह कृष्णनगर र सोनोहात संस्थाले आफ्नै सुरक्षित गृहमा राखेको र उनीहरुलाई शिपमुलक तालिम दिई सक्षम बनाउने पहल भएको पिआरसी नेपाल कृष्णनगरका संयोजक भुमिराज भट्टराईले जानकारी दिएका  छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!