गुल्मी: व्राम्ह्ण वाहुल्य गाउँमा शिक्षाको ज्योति छर्ने दलित

Posted on: 15 Feb, 2018

प्रेम सुनार/फाल्गुन ३, गुल्मी । दलित समुदायहरु शिक्षा दिक्षामा खासै चाहना राख्दैनन् भन्ने हाम्रो ग्रामिण समाजको मान्यता थियो । 

आज भन्दा केहि वर्ष अघि सम्मको त्यही मान्यता गलत सावित गरी दिएका थिए गुल्मी अर्खले भुवनपानी गाउँका स्वर्गिय छविलाल बिश्वकर्माले ।  


त्यो पनि आज भन्दै झण्डै ७० वर्ष अघि विश्वकर्माले व्राम्हण समुदायको वाहुल्य रहेको त्यस गाउँमा एक्लेले विद्यालय स्थापना र शिक्षकलाई समेत आफैले तलव खुवाएर २००६ सालमा  पहिलो पटक त्यहाँका वालवालिकालाई पठन पाठनको  सुविधा उपलव्ध गराएका थिए ।

२००६ साल देखि लगतार २०१० साल सम्म एक्लैले प्राथामिक तह सम्मको विद्यालय चलाएका बिश्वकर्मालाई त्यस पछि भने सवै  गाउँवासीले साथ दिएका थिए । 


२०२९ सालमा  तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट जनसहयोग प्राध्यामिक विद्यालयका रुपमा सम्बोधन भए पछि क्रमशः निमावि हुँदै अहिले माध्यामिक विद्यालय बनेको हो ।

स्वर्गिय बिश्वकर्मालाई त्यस विद्यालयले संस्थापकका रुपमा  सम्मान र स्मणरण गर्ने गर्दछ । उनैं सस्थापक विश्वकर्मालाई हालै सम्पन्न ४५ औं वार्षिकोत्सवको अवसरमा शव्द सम्मान अर्पण गरियो । 


श्रीपाली थरका उनका छोरा नातीहरुले त्यस अवसरमा  स्वर्गिय पिता हजुर वुवाको  स्मृतिमा त्यहाँका सम्पुर्ण दलित विद्यार्थी र अन्य समुदायका गरिव जेहेन्दार  १ सय ९०  जना विद्यार्थीहरुलाई कापी कलम लगायतको शैक्षिक सामग्री प्रदान गरेका छन् । 

स्वर्गिय बिश्वकर्माको स्मृतिमा  त्यस विद्यालयमा नयाँ वर्षको अवसरमा प्रवेशद्धार निर्माण लगयातका विभिन्न कार्य पनि अगाडी बढाईने उनका पलाती  राजन श्रीपालीले बताए ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!