रेसुङ्गा वन क्षेत्रको फेरी अर्को स्थानबाट भिषण आगोलागि

Posted on: 14 Mar, 2018

प्रेम  सुनार/फागुन ३०, गुल्मी ।गुल्मीको रेसुङ्गा वन क्षेत्रमा फेरी अर्को स्थानबाट भिषण आगोलागि  भएको छ । 


 हिजा दिउँसो  देखि गुल्मीको रेसुङ्गा वन क्षेत्रमा लागेको राती अवेरसम्म र आज  विहान ११ वजेसम्म नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र सर्वसाधरण जुटेर नियन्त्रणमा लिएका थिए ।

अहिले दिउँसो फेरी तल साउनेको जंगलमा भिषण आगोलागिको  खवर प्राप्त हुन साथ उनै सुरक्षा निकायहरुलाई लगेर आफुहरु नियन्त्रणका लागि त्यस तर्फ जान लागेको प्रमुख  जिल्ला अधिकारी गोपालप्रसाद  अर्यालले जानकारी दिए ।

विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले सेनाको टोलि पठाई सकिएको बताए ।  त्यस गुल्मबाट पुगेको टोलि गएराती आगो ेनियन्त्रण गरी् मध्येरातमा फर्केर   फेरी विहानै दि उँसो  फर्केको  थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!