गुल्मीमा धुर्कोट धार्मिक महोत्सव सुरु

Posted on: 18 Mar, 2018

प्रेम सुनार/चैत्र ४, गुल्मी। गुल्मीको धुर्कोमा आईतवार देखि श्रीमद्भागवत धार्मिक महोत्सव सुरु भएको छ । चैत्र १०  गते सम्म चल्ने महोत्सवको गुल्मी क्षेत्र नम्वर २ , प्रदेश १ का सांसद दिनेश पन्थीले उद्घाटन गरेका थिए ।  


‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६  धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो ।  महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन भइरहेको छ ।


धार्मिक महोत्सवमा युवा तथा वाचन सम्राट भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन तथा भजन किर्तन हुँदै छ  । महोत्सवको पहिलो दिन  करिव ५ लाख रुपैयाँ  विभिन्न दानविरहरु घोषणा गरेका छन् ।

 ऐतिहाँसिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिव खत्रीले बताए ।  धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धुर्कोट धार्मिक मेला हुन लागेको हो ।

कार्यक्रममा धुर्कोट  गाउँपालिका प्रमुख भुपाल पोखरेल, नेपाली कांग्रेसका नेता छन्द  पहराई  लगायतले मन्तव्य राखेका थिए । उद्घाटन सत्र पछि भजन किर्तन  र एैतिहाँसिक धुर्कोटे नौमति वाजमा नाच गान गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!