गुल्मीकी धना भण्डारी शिक्षक संघको उपमहासचिममा निर्वाचित

Posted on: 19 Mar, 2018

प्रेम सुनार/चैत्र ५, गुल्मी। नेपाल शिक्षक संघको आठौ महाधिवेशनले गुल्मीकी शिक्षक धना भण्डारीलाई केन्द्रिय समितिको उपमहासचिवमा निर्वाचित गरेको छ ।  


चैत्र १ देखि काठमाण्डौमा चलेको  संघको महाधिवेशमा  केन्द्रिय सदस्य रहेकी भण्डारील उक्त पदमा उमेदवारी दिएकी भण्डारीलाई निर्वाचित गरेको हो   । सो पदका लागि वझाङ्गकी विन्दा थापाले पनि उमेदवारी दिएकी थिईन । उनलाई भारी मतले भण्डारीले पराजित गरी निर्वाचित भएकी हुन् ।

 संघको अध्यक्षमा राजेन्द् राज  पौड्याल विजयी भएका छन् ।  २०५३ साल देखि नेपाल शिक्षक संघ गुल्मीमा सक्रिय भएकी भण्डारी जिल्ला सदस्य हुँदै प्रदेश र  केन्द्रिको उक्त जिम्मेवार पदमा  पुगेकी हुन् । रेसुङ्गा माध्यामिक विद्यालय तम्घासमा अध्यापन गराउने भण्डारी नेपाली कांग्रेसका पुर्व पार्टी सचिव स्वर्गिय फणिन्द्र भण्डारीकी धर्मपत्नी हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!