घिमिरे बन्धुरुले वाग्लाको विद्यालयका स्थापना गरे लाखौको अक्षयकोष

Posted on: 20 Mar, 2018

प्रेम सुनार/चैत्र ६, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लामा रहेको भगवती माध्यामिक विद्यालयमा  त्यहाँका घिमिरे बन्धुहरुले लाखौं धनराशीको अक्षयकोष स्थापना गरेका छन् ।

वाग्लामा शिक्षाको ज्योति छर्ने वंशजकाका रुपमा चिनिदै आएका त्यहाँका घिमिरे बन्धुको सन्तती मध्ये  हाल नवपरासीको  कावास्वती नगरपालिका वडा नम्वर–२ का पशुपति घिमिरेले ८ लाख  ८ हजार  धनराशीको अक्षयकोष स्थापना गरेका छन्  । उनले आफ्ना पिता स्वर्गिय कृष्णप्रसाद घिमिरे र जिवित माता रुपी घिमिरेको नाममा –‘ रुपी कृष्ण अक्षयकोष ’  स्थापना गरेका हुन् ।

उनले त्यस विद्यालयको शैक्षिक सुधारमा आफुले अरु सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको प्रधानध्यापक छन्तबहादुर केसीले बताए । केसीका अनुसार वाग्ला घर भई बुटवल ४ वस्ने मधु घिमिरेले पनि १ लाख ५१ हजार धनराशीको आफ्ना माता पिता र मृत्यु भएका छोराको नाममा भिम ईन्द्र सुयस स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

त्यस्तै वाग्ला लाहँटाका  हरिप्रसाद पन्थीले ५१ ह्जारको र वाग्लाकै  जेदुलाल घिमिरेले ५० हजार धनाराशीको अक्षयकोष स्थापना गरेका छन् । वाग्लाको शैक्षिक विकासमा त्यहाँका घिमिरे बन्धुहरुको ठुलो देन रहेको स्थानियले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!