बाख्राले पनि लिन थाले सुरक्षित प्रशुति सेवाः अप्रेशनबाट जन्मिए पाठापाठी (भिडियो सहित)

Posted on: 21 Mar, 2018

प्रेम सुनार | चैत ७, गुल्मी । गुल्मीमा पहिलो पटक गर्भवति बाख्राको सल्यक्रिया गरेर सुरक्षित प्रशुति सेवा प्रदान गरिएको छ । सत्यवती गाउँपालिका वडा नम्वर २ साविकको ठुलोलुम्पेक गाविसको चेहमी गाउँका राजु उपनामले चिनिने रोमबहादुर कुवँरको घरमा पालिएको बाख्राले सामन्य रुपमा बच्चा जन्माउन नसके पछि सोही गाउँपालिको पशु विकास शाखाका प्राविधिक नारायण खनालल सफल  सल्यक्रिया गरेका हुन् ।

बाख्रालाई बच्चा जन्माउन ९ दिन सम्म ब्याथा लागेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि अरु कुनै विकल्प नदेखे पछि सो गाउँपालिकाको पशु पन्छी विकास शाखामा बाखा्र पालक किशान पुगेका थिए । शाखा प्रमुख खनालले बाख्राको जोखिम पुर्ण सल्यक्रियाको प्रयोग जिल्ला मै पहिलो पटक गरेर सफल पनि भएका छन् र जुम्ल्या पाठा पाठी निकालेका छन् ।


अहिले माउँ र पाठा पाठीको स्वास्थ्य अवसथा ठिक रहेको कुँवर परिवारले बताए । लामो समय सम्म प्रसवा पिडामा रहेको बाख्रा माया मारी सकेको अवस्थामा बाचाई दिएकोमा परिवारजन खुशी छन् । दश हजारमा दुई महिना अघि मात्र किनेर ल्याएको उक्त बाख्राले अहिले जन्माएका दुई वटा बाठापाठी उफ्रि उफ्रि घर दलानमा खेलेको देख्दा छिमेकी समेत दंग परेका छन्  ।

ग्रामिण भेगमा कतिपय महिलाले सम्म सुरक्षित प्रशुति सेवा लिने तर्फ ध्यान नदिएको अवस्थामा बाख्राले समेत सुरक्षित प्रशुति सेवा लिन थाले पछि सारा महिलालाई सन्देश मात्र नभएर  नैतिक दवाव समेत बढेको स्थानिय शिक्षक छविलाल कुवँर बताउँ छन् ।

अप्रेशन पछी बाख्राको अवस्थाबारे भिडियो:- 


यस बिषयमा तपाइको प्रतिक्रिया...!