अबदेखि प्रहरीले अपराधी समात्न र थुन्न नपाउने

Posted on: 17 Aug, 2018

प्रेम सुनार | भदौ १, गुल्मी | अहिले सम्म मौखिक र  ठाडो उजुरी कै भरमा समेत प्रहरीले कुनै अपराध  वा  अन्य कुनै  घटनाका आरोपीलाई समातेर सिधै लगेर थुन्न्ने गर्दथ्यो ।  अर्को दिन मात्र अदालतमा म्याद थप गर्दथ्यो । तर भदौ १ गते देखि उजरी परे पनि सम्वन्धित आरोपीलाई पक्राउ गर्न नपाउने भएको छ ।

उसले जिल्ला न्याधिवक्ताको कार्यालय  वा  अदालतको मुद्धा  हेर्ने अधिकारीको अनुमति पत्र लिएर मात्र पक्राउ गर्नु पर्ने आज देखि लागु मुलुकी ऐन संहितामा उल्लेख छ ।  जिल्ला अदालत गुल्मीले  शुक्रबार विहान पत्रकार र अन्य सरोकारवाला निकाय विच राखेकोको छलफल कार्यक्रममा जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेले यस्तो जानकारी गराएका हुन । कुनै ठुलो अपराधी तत्काल समात्नु परे पनि जरुरी पक्राउ पुर्जी प्रहरीले अनिवार्य लिनु पर्ने छ ।

अपराध संहिता र फौजदारी कार्यविधी संहिता र देवानी कार्यविधी संहितबारे आम सर्वसाधरण सम्म सु–सुचित गर्ने उद्देश्यका साथ अदालतले राखेको छलफल कार्यक्रममा बक्ताहरुले १ सय ६५ वर्ष पछि नेपाली जनतालाई संहिताले नयाँ युगमा प्रवेश गराएको प्रतिकृया दिएका थिए ।   गाउँका फटाहरुले गरिवहरुलाई झुटा मुद्धा दिई निकै सताउने गर्दै आई रहेका थिए ।

अब त्यस्ता झुटा मुद्धा दिने र लेख्नेहरु पनि तह लाग्ने भएका छन ।  प्रहरीले पनि जथाभावी मानिसहरुलाई समातेर दुख दिने गर्दथ्यो ।  अव को प्रहरी, को सेना, को सिडियो, को न्यायधिस जनतालाई विना कशुर दुख दिएको, आफुले दिने सेवा राम्रो संग दिन नसकेको ठहर भयो उ कार्वाहीमा पर्ने छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले भने अहिले सम्म हामी हाम्रो अधिकार मात्र खोज्यौं तर अहिले आएको संहिताले अधिकार संगै कर्तब्य पनि खोजेको छ , जसले अनुशासित समाज रुपान्तरणका लागि कोशेढुङ्गा सावित हुने छ । उनले कार्यन्वयनमा केहि समास्या र चुनौती देखिए पनि  समाज रुपान्तरणका लागि चुनौती मोल्न समाजका सवै पक्ष एक जुट हुन जरुरी रहेको बताए ।

जिल्ला न्यायधिवक्ता रामचन्द्र घिमिरेले आजको दिन सारा नेपालीहरुका लागि ऐतिहाँसक दिन भएको बताए । संहिताले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले प्रहरी र अदालतमा विना कशुर दुख पाउने युगको अन्त्य भएको धारणा राखे । जिल्ला प्रहरी प्रमुख एसपी दिपक बस्नेतले संहिताले प्रहरीलाई पनि थप जिम्मेवार बनाएको प्रतिकृया दिए ।

वार एशोसियनका अध्यक्ष गोपाल पाण्डेले पत्रकारले सकारात्मक रुपमा फोटो खिच्न पाईने भएकोले नअत्तालिन पत्रकारहरुलाई आग्रह गरे । सकरात्मक भावना राख्नेहरुलाई यो आचरसंहिता एकदम राम्रो छ उनले भने जसले नकरात्मक भावना राख्छ उसका  लागि संहिता ठिक नलाग्न सक्छ, उनले भने ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले आचार सहिताले नेपाली जनतालाई नयाँ युगमा प्रबेश गराएको प्रतिकृया दिए । यसै समाचारदाले पत्रकारहरुलाई फोटा खिच्न र ध्वानी रेकर्ड गर्न अनुमति लिनु पर्ने कुराले खोज पत्रकारिता हराउने, अनियमित्ता भ्रष्टचार लगायतका विकृतिले मलजल पाउने धारणा राखेको थियो । 

प्रमुख जिल्ला अधिकारी पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्व्य अधिकारी प्रल्हाद पोखरेल लगायको आतिथ्यता रहेको थियो । जिल्ला न्यायधिश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्तममा श्रेष्तेदार दुर्गाप्रसाद बस्यालको स्वागत मन्तब्य र मुद्धा फाँट प्रमुख सिता घिमिरेको सञ्चालन रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!