पर्वत सेवा समाज ईजराईलबाट गुल्मीका पिडित बालकलाई राहत

Posted on: 15 Sep, 2018

प्रेम सुनार |  भदौ–३०,  गुल्मी ।  गुल्मीका एक पिडितलाई पर्वत सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । त्यहाँबाट समाजकी संयोजक पर्वतकी दिपीका भुसालले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत गुल्मी ईस्मा गाउँपालिका ४ बर्षिय बालक उमेश कुमालको उपचारका लागि ४६ हजार रुपैयाँ सहयोग संकलन गरी पठाउनु भएको हो ।

केहि दिन अघि पकाई राखेको दालमा घरको तलाबाट खसेका ति बालकका परिवाजरनले उपचार गर्ने खर्च नभए पछि तम्घास अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेका थिए ।

त्यहाँ सम्भव नभए पछि ति वालकलाई पाल्पाको मशिन अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियनको ७  औ जिल्ला अबिधेशनको अवसरमा उक्त रकम हस्तान्तरण गरी युनियनलाई बालकको अक्षय कोष स्थापना गर्न लगाउनु भएको छ । बालकलाई अन्यत्रबाट पनि सहयोग जुटिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!