११ वर्षीया बालिका बलात्कार गर्ने गुल्मीका एक व्यक्तिलाई ८ वर्ष जेल सजाय

Posted on: 29 Nov, 2018

मंसिर ३, गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!