अर्जुन बन्यो एसियाकै विद्यालय उद्यम प्रतियोगितामा उत्कृष्ट

Posted on: 08 Mar, 2019

लक्ष्मी अर्याल | फागुन २३, गुल्मी | विश्वव्यापि विद्यालय उद्यम प्रतियोगितामा हासिल गरेको सफलता साथै शैक्षिक सत्र २०७५ का विविध कार्यक्रम र उपलव्धी समेटियको अर्जुन बुलेटिन विमोचन समारोह कार्यक्रम अर्जुन आवासिय मावि तम्घासमा गुल्मीमा सम्पन्न भएको छ । विद्यालयमा गतवर्ष कक्षा ८ मा अध्यनरत विद्याथीले साग,मुला,धनिया,गोपि लगाएतका तरकारि खेति गरि विद्यालयताइ एसिया महादेशकै उत्कृष्ट उद्यमीका रुपमा  चिनाउन सफल भएका थिए । प्रतियोगितामा एसिया महादेश भित्रका करिब ६८ हजार विद्याथी सहभागि भएका हुन् ।  


विद्यार्थीलाइ शैद्धान्तिक शिक्षा मात्रै नभएर व्यावहारिक सिप पनि अति आवश्यक भएकाले बिद्यालयमा यस्तो प्रतियोगितामा आफुहरुपनि समावेस भएको विद्यालयका प्रिन्सिपल रबि विष्टले बताउनु भयो । साथै विदेशि चालचलन तथा रितिरिवाजका बारेमा केहि कुरा सिक्नका लागि पनि प्रतियोगितामा भाग लिएको विष्टको भनाइ छ । कार्यक्रममा विद्यालय उद्यम प्रतियोगितामा भाग लिइ प्रथम स्थान हासिल गरेका  शिक्षक तथा विद्यार्थीलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।  कार्यक्रमको विचविचमा बिद्यार्थीहरुले सांस्कृतिक झलकपनि प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा अर्जुन बुलेटिन विमोचन गरिएको थियो । समाजसेवि नरप्रसाद श्रेष्ठको अध्यक्षता ,रेसङ्गा नगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद पन्थिको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका विद्यार्थी ,शिक्षक ,अभिभावक ,पत्रकार ,बुद्धिजिवि लगाएको सहभागिता रहेको कार्यक्रमको सञ्चालन विद्यालयकि शिक्षिका सर्मिला खनालले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!