गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

Posted on: 18 Mar, 2019

चैत ४, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!