गुल्मीमा जीप दुर्घटना: पूर्वसांसदसहित २ जनाको मृत्यु, ८ जना घाइते

Posted on: 11 Apr, 2019

चैत २८, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा नेपाली काँग्रेसका पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का ६५ वर्षीय पूर्व सांसद भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!