मन्त्री विष्टको परिवारले पिउने पानी ट्याङ्कीमा विष राखिएको हल्ला फैलाउने ३ महिला पक्राउ

Posted on: 29 Apr, 2019

बैशाख १६, काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा विष राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले ३ जना महिलालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने ३ महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको  छ |  विष राखे नराखेको भने टुङ्गो लागेको छैन | पानी परीक्षण गर्न लगिएकोले परिक्षण पश्चात मात्र विष राखे न राखेको पुष्टि हुने प्रहरीले जनाएको छ ।

 स्थानीय समाजसेवी विष्णु सुनारका अनुसार अहिले ट्याङ्की रहेको स्थानमा ४० देखि ५० जनासम्म उपभोक्ताहरु जम्मा भएका छन् । त्यस ट्याङ्गकीबाट वडा नम्वर ३ र ४ अर्थात साविक दोहली र दर्लामचौरका झण्डै ५ सय  घुरीले पानी पिउने बताइएको छ । उक्त ट्याङ्कीको पानी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको परिवारले पनि पिउने गर्दछन् ।

केहिवेर अघि मन्त्री विष्टका दाजु तथा ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले उक्त ट्याङकीको पानी स्याम्पल लिएर परीक्षण गराउन सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!