खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

Posted on: 08 Aug, 2019

साउन २३, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । 

साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको प्रहरीले जानकारी दिएको छ |

घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!