गुडिरहेको मोटरसाइकलको पछाडीबाट खसेर एकको मृत्यु

Posted on: 26 Aug, 2019

भदौ ९, गुल्मी |  गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार एकजना बृद्धको ज्यान गएको छ । सो गाउँपालिका वडा नम्बर ६  चारपालाका  ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ज्यान गएको हो ।

घम्भीर घाईते उनको उपचारका क्रममा श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए  । मोटरसाइकल चालक ३२ वर्षीय बिष्णु विकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुनले बताए । घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!