गुल्मीमा नवजात शिशुको बेवारिसे शव फेला

Posted on: 30 Dec, 2019

पुस १४, गुल्मी | गुल्मीमा नवजात शिशुको स्व फेला परेको छ | रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए |

भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ | पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!