गुल्मीमा एक महिला मृत फेला

Posted on: 15 Mar, 2020

चैत २, गुल्मी | गुल्मीमा एक महिला मृत फेला परेकी छिन | जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए |

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ | फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको प्रहरीको भनाई छ | शवलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पताल ल्याइएको छ |

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!