मुसिकोट नगरपालिकामा निशुल्क एम्वुलेन्स, पिपिइ सहितका स्वास्थ्यकर्मि तयार

Posted on: 29 Mar, 2020

कमल पौडेल | चैत १६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरसवाट वच्न घर भित्रै बस्न र विदेशवाट आएका सवैजनालाई घरकै एकान्तवासमा वस्न आग्रह गरेको छ । भने कोरोनाका संभावित विरामीलाई राख्न रुद्रावति बहुमुखि क्याम्पसमा १० वेड सहितको क्वारेन्टाइन स्थल र प्रत्येक वडामा १० वेडका क्वारेन्टाइन स्थल तयार गरिएको नगरपालिकाले जनाएको छ ।


त्यस्तै विरामीको सहजताको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिका भित्रका सवै स्वास्थ्य चौकी र एम्बुलेन्स चालकलाई साधारण व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । 

मुसिकोट नगरपालिका भित्र साधारण १६ ओटा व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटक्टिभ इक्युपमेन्ट पिपिइ) वितरण गरिसकिएको र गुणस्तरीय १० ओटा पिपिइ आउँदै गरेको प्रमुख सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिकाले थर्मोमिटर गन सहित वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्य चौकीमा हेल्थडेक्सको स्थापना गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ । 

नगरपालिका भित्र ५ ओटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य कर्मिलाई ग्लोव, मास्क र सेनिटाइजर सहित तयारी अवस्थामा राखिएको र स्थानिय रुपमा उत्पादन गरिएका ३० सेट गाउन सहित स्वास्थ्यकर्मि परिचालन गरेको स्वास्थ्य शाखाले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!