गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

Posted on: 19 Nov, 2020

मंसिर ४, बुटवल |  गुल्मीका एक जना कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ | सत्यवती–६ का ६२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको हो |

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार,उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए |

मृतकमा निमोनियाको समस्या रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!