भ्रमण बर्ष: रारामा पर्यटक सुनसान ! (फोटो फिचर)

Posted on: 20 Feb, 2020

दान बहादुर बुढा | फागुन ८, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाई रहेको अवस्थामा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो-आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ । 

मुगु जिल्लाकै एकमात्र सडक सन्जाल कर्णाली राजमार्गको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिमपातले सडक बन्द हुँदा र रारा ताल्चा बिमानस्थलमा आउने निजि तथा सरकारी हवाई-जहाजको नियमित उडान नहुनाले मुगु जिल्लामा रहेको पर्यटकिय स्थानमा घुम्न आउने पर्यटकको संख्या शुन्य भएको छ ।

नेपाल सरकारले २०२० मनाई रहेको समयमा पर्यटकहरुले रारा आउनको लागी सम्पर्क गरेका छन् । तर रारा पुग्ने सडक संजालको व्यवस्था राम्रो नभएको लामो समयसम्म हिमपात बन्द हुनु नियमित हवाई उडान नहुनु रारा पुग्नको लागी पर्यटकहरुलाई ज्ञान नभएको कारण हिजोआज रारामा पर्यटकहरु शुन्य भएको हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दिपक रावतले बताएका छन् । 

रारा घुम्न आउने पर्यटकहरुलाई  डुङ्गामा सवार गरी आम्दानी गरेर घर परिवार चलाउने उद्देश्यले नियमित डुङ्गा चलाउन आएपनि हिजो आज पर्यटकहरु बाटो असहजका कारण पर्यटक नआउदा दिनभरी घाम तापेर बस्नु परेको छ, हिजो-आज पर्यटक नआउदा रारा सुनसान रहेको डुङ्गा चालक लोक बहादुर रोकायाले बताएका छन् । 

नेपाल सरकारबाट पर्यटन बर्ष घोषणा २०२० गरिसकेपछि प्रतिकुल मौसमको कारण मंशिरबाट हिमपात हुँदा बाटो बन्द भएको कारण रारामा पर्यटकहरुको चहल-पहल नभएको देखिन्छ । पर्यटकहरुको सहजका लागी पर्यटक सुचना केन्द्र, भ्यू टावर, पदमार्ग, नेचर गाईड, चर्पि लगाएत अन्य गतिबिधि गरिरहेको भएता पनि हिजो-आज रारामा पर्यटकहरु शुन्य रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयको संरक्षक अधिकृत लाल बहादुर भण्डारीले बताएका छन । 

पर्यटकको मन लोभ्याउने कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण गन्तब्य रारा मात्र नभई मुगु जिल्लामा रहेको अन्य पर्यटकीय गन्तब्य चंखेली, चुचेमारा, मुर्मा टप, कोहिजी मरका हिमाल, छायानाथ, ऋमोक्षे, सातदह, दुत ताल, मुगु गाँउ, बभन बोल्र्ने गुम्बा, तिहार बगर, थार्पमस्टा, सोरु तातापानि, खेस्ममालिका लगाएत अन्य धार्मिक सास्कृतिक, ऐतिहासीक स्थान मुगु नदी लगायतका अन्य स्थानमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरु समेत घटेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!