कोभिडसँग मिल्दोजुल्दो लक्षण छ ? स्क्रब टाइफस हुनसक्छ, यी हुन् लक्षणहरु

Posted on: 03 Sep, 2021

भदौ १८, काठमाडौँ (रासस)। कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणसहित बिरामी भएमा ‘स्क्रब टाइफस’को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । 

कोभिडको नतिजा नेगेटिभ आए पनि उस्तै लक्षण देखिए स्क्रब टाइफस हुनसक्ने मन्त्रालयले जनाएको छ । उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, जोर्नी तथा मांसपेशी दुख्नु आदि स्क्रब टाइफसका लक्षण हुन् । 

यो संक्रमण मुसा वा अन्य जिवजन्तुमा हुने संक्रमित किर्नाले मानिसमा सार्ने गर्दछ । स्क्रब टाइफसको संक्रमणबाट बच्न निम्न उपाय अपनाउन मन्त्रालयले सुझाएको  छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!