स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवा प्रक्रिया सुरु

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो।

२०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण १५ दिनभित्र पेश गर्न सूचनामार्फत आह्वान गरिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!