थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३० जना र एन्टिजन परिक्षण गर्दा १०४ जना गरि जम्मा ८३४ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा १२७९ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख २ हजार ३०१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!