आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

Posted on: 29 Sep, 2021

असोज १३, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १८ हजार १९३ जना रहेका छन् ।

त्यस्तै विगत २४ घण्टामा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६४८४७ पुगेको छ । विगत २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल १११२३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!